
मुर्खको जमात तयार गर्ने शिक्षा हैन, आफै उद्यमशीलता सिर्जना गर्न सक्ने बनाउनुहोस्
ज्ञान, योग, ध्यानको सुरुवातकर्ता नेपाल हो : प्रम ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खको जमात तयार गर्ने शिक्षा नभइ आफै उद्यमशीलता सिर्जना गर्न सक्ने बनाउनुपर्नेमा जोड दिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘मुर्खको जमात तयार गर्ने शिक्षा हैन, आफै उद्यमशीलता सिर्जना गर्न सक्ने बनाउनुहोस् ।’
साथैै ओलीले दीक्षित विद्यार्थीहरुलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह गरे ।
पुँजीवाद र समाजवादका बहस गरिहनु नपर्ने बताउँदै ओलीले सबैभन्दा ठुलो मानवतावाद भएको बताए । एसइइमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास बनाएर लज्जा भएको पनि उनले बताए ।
इतिहास सम्झाउँदै उनले अगाडि भने, ‘ज्ञान, योग, ध्यानको सुरुवातकर्ता नेपाल हो । ज्ञानभूमी, तपोभूमी पनि यही हो ।’
मानवतावादको मुल ध्येय बोकेर अहिलेका विद्यार्थीहरुले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा पनि उनले जोड दिए ।
‘हामी अग्रगामी हो, इतिहासलाई पछाडि फर्काउने दुष्प्रयास हुन सक्दैन,’ पुर्व राजालाई इंगित गर्दैै भने ।
कर्णालीबारे बोल्दै उनले कर्णालीका मानिसहरु महाभारत युद्धमा लड्न गएको उल्लेख गरे । ‘यहाँका मान्छेले जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले थपे, ‘यहाँको सभ्यताको लामो इतिहास छ ।आजको हिसाबले पनि कर्णाली तेल खानी भएको प्रदेश हो । तेल निस्किन्छ । जडीबुटीको खानी हो । प्रयोगबारे खोज अनुसन्धान गर्न बाँकी छ ।’
सम्बोधनको सुरुवातमा ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेका थिए । त्यस पश्चात् केही समय रोकिए । दर्शकबाट कर्णाली प्रदेश हो भनेपछि उनी एकछिन अलमलमा परे ।









प्रतिक्रिया दिनुहोस्