‘जिम्मेवारीमा रहँदासम्म निर्भीकतापूर्वक काम गर्ने छु’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारीमा रहँदा निर्भीकतापूर्वक काम गर्ने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरपालिका स्तरिय उत्तम अभ्यास आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश सरकारले कुनै व्यक्तिका आकांक्षा र चाहना पुरा गर्न नसकेपनि समग्रमा आम जनताको चाहना अनुसारको काम गरेको बताए ।

सुशासनको कुरा गर्दा सबैले साथ दिने तर कार्यान्वयन गर्दा हराउने प्रवत्ति रहेको उनको भनाइ ।

उनी भन्छन्, ‘कर्णालीको प्रमुख समस्या भनेको सुशासनको हो । स्रोत र साधनको सही प्रयोगको हो । योजना छनोटलाई पारदर्शी बनाउनु हो ।’

त्यस काममा कर्णाली प्रदेश सरकार लागेको मुख्यमन्त्री कँडेलको दाबी छ । अहिले जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको पनि उनले बताए ।

कँडेलले कर्णाली प्रदेशलाई सङ्घीय सरकारले प्राथामिकता दिएर बजेट दिनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताए ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार