यु १९ विश्वकप छनोटका लागि कर्णालीका बिपिन र अरबिन्दले पाए मौका



सुर्खेत । नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो। टोलीको उपकप्तानी भने अभिषेक तिवारीले पाएका छन्।
यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ। नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। नेपालले त्यसअघि अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तय छ।
अफगानिस्तानसँग सिरिजको पहिलो खेल ३ अप्रिल, दोस्रो ६ अप्रिल र अन्तिम ९ अप्रिलमा हुनेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।
क्यानले सोमबार नै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या १८ मा झारेको छ। त्यसबाट अन्तिम १४ सदस्सीय टोली घोषणा गर्ने क्यानले जनाएको छ। टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्।
नेपाली युवा टोली :
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, निरज कुमार यादव, सहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरबिन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल र अमर मिश्र

प्रकाशित मिति : २०८१ चैत ४ गते मंगलबार