
सुर्खेत। सुर्खेतकाे नयाँ सिडीओका रुपमा दैलेखका जगदिश्वर उपाध्याय आउने भएका छन्।
गृह मन्त्रालयले सात वटा जिल्ला प्रशासन कार्यालय प्रमुख हेरफेर गरेको छ।
त्यसमा जगदिश्वर उपाध्यायको सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पदस्थापन भएको हाे ।
मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार १३ जना कर्मचारीको सरूवा तथा पदस्थापन गरेको हो।
जसमध्ये सात वटा कार्यालयका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।
गृहमा रहेका सहसचिव दिलकुमार तामाङ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख भएका छन्। उनको त्यहाँ पदस्थापन भएको हो।
कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्यालको मन्त्रालयमा सरूवा भएको छ।
भविश्वर पाण्डे नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भएका छन्।
बागलुङमा कुमान सिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुईटेल र अछाममा आनन्द सारूको पदस्थापन भएको हो।
त्यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरूवा भएको छ।









प्रतिक्रिया दिनुहोस्