मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघको प्यानल नै विजयी



सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका उम्मेदवार विवेक खड्का विजयी भएका छन्।
सबै मतगणना सकिएपछि नेपाल विद्यार्थी संघले अध्यक्ष, सचिव र कोषाध्यक्षलगाएत प्यानलले जित दर्ता गरेको छ ।

अध्यक्ष पदमा नेविसंघका विवेक खड्काले ११८८ मत प्राप्त गरी जित कायम गरेका छन्। मुख्य प्रतिस्पर्धामा रहेकाअनेरास्ववियुका जगत जंग शाहीले ९०८ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरू क्रमशः अखिल क्रान्तिकारीका प्रकाश वि.कले २७५ स्वतन्त्र उम्मेदवार मिलन बि.सिले २३१, नेक्राबिसंघकी अस्मिता सुनारले १६, अखिल समाजवादीका चिन बहादुर सहकारीले १००, राप्रबिसंघका विकल्प ओलीले २४ मत प्राप्त गरेका छन्।
सचिव पदमा नेविसंघका भुपेन्द्र आचार्य १३९६ मत प्राप्त गरि विजय हुदा अनेरास्ववियुका भुपेन्द्र भण्डारीले ७०९ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीमध्ये अखिल क्रान्तिकारीका मोहन चौलागाईंले २७९, नेक्राबिसंघकी सर्मीला कुमारी बि.कले ३१, अखिल समाजवादीका सुदर्शन एडीले १४८, राप्रबिसंघका सन्देश शाहीले ११३,स्वतन्त्र आशिष डागीले २३ मत प्राप्त गरेका छन्।

कोषाध्यक्ष पदमा पनि नेविसंघकै उम्मेदवार लोक प्रसाद रिजाल १२५५ मत ल्याएर विजय हुदा । अनेरास्ववियुका विक्रम सिंह मन्दिरले ८९३ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीमध्ये अखिल क्रान्तिकारीका दिप बहादुर सुनारले ३१७, नेक्राबिसंघकी रमा गिरीले ५३, अखिल समाजवादीकी रितु बमले १०३, राप्रबिसंघका आशिष नाथ योगीले ६६, मत प्राप्त गरेका छन्।
मतगणनास्थलमा विद्यार्थी नेताहरू र समर्थकहरू उच्च उत्साहका साथ उपस्थित भएका थिए ।
विवादित हुदै आएको मध्यपश्चिम विश्वविद्यालय
स्ववियु निर्वाचन यो पटक भने शान्तिपूर्ण रुपले सफल भएको छ ।

अन्तिम मत परिणाम

 

प्रकाशित मिति : २०८१ चैत १८ गते मंगलबार