
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीले गुट बदलेको विषयले यतिबेला माओवादीभित्र चर्चा पाएको छ ।
उनले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ को लाइन छाडेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथ दिएको चर्चा माओवादी वृत्तमा चल्न थालेको हो । स्मरण रहोस्, विमला केसी राजनीतिको जुन उचाईमा अहिले छन्, त्यो शर्माकै कृपाले पुगेकी हुन् ।
अहिले माओवादी केन्द्र भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बिच तिब्र अन्तरसंघर्ष चलिरहेको छ । यही बेलामा प्रदेश अध्यक्ष केसी खुलेरै प्रचण्डतिर लागेको स्रोत बताउँछ । यसअघि पनि बेलाबेला त्यस्तै चालामाला देखाउने केसी माओवादी केन्द्रको विद्यार्थी देखि पत्रकार संगठनको चुनावमा खुलेरै लागेकी छिन ।
विद्यार्थीको चुनावमा कर्णालीबाटै जनार्दन शर्मा र हेडक्वार्टर टिमलाई बराबर मत बनाउन सफल केसीले प्रेस सेन्टरको चुनावमा भने हेडक्वार्टर समुहलाई जीताउन सफल भएकी छिन । प्रेस सेन्टरको चुनावमा दिपेन्द्र रावल नेतृत्वको टिम अगाडि बढ्दा केसी प्रचण्ड कार्यालयमा बसेर उनीहरुलाई हराउन तानावाना बुनिरेहकी थिईन ।
प्रेस सेन्टरको चुनावमा जनार्दन टिम पराजित हुँदा बिमला प्रचण्ड निवासमा बास बसेर गंगा र रेनु दाहालसंग टिकटक बनाएर रमाईरहेकी थिईन । विद्यार्थीको चुनावमा बिमलाले कर्णालीकै नेताहरुलाई हराउन लागेको प्रश्न उठेपछि माओवादीको एक समिक्षा बैठकमा उनले रुदै प्रचण्डको फोन आएपछि आफुले त्यसो गर्न बाध्य भएको बताएकी थिइन ।
जनार्दनको पछि लागेर आफुले भएभरका अवसरहरु लिने र अहिले अरुलाई अवसर दिने समय आएपछि प्रचण्डतिर लागेर जनार्दन र रुकुमको बिपक्षमा काम गर्न थालेको भन्दै जिल्लामा बिमलाको अर्को आलोचना शुरु भएको छ । भेटमा नेता कार्यकर्ताहरुले उनलाई गाली गर्दा सुनेनसुनेझैगरी पञ्छिने गरेकी छिन ।
काम विगार्ने अनी बैठकमा रोएर जीत्ने चलन भएकी बिमला रुकुममा धेरै अवसर लिने माओवादी नेतामा पर्दछिन । अब क्याम्प बदलेर आगामी निर्वाचनमा सकेसम्म प्रदेश सांसद टिकट लिएर कर्णालीको मुख्यमन्त्री हुने उनको चाहाना छ । त्यसो नभए आफु संघिय सांसद हुनुपर्ने निहुँ खोजेर प्रचण्डकार्ड बिमलालाले फालिरहेकी छिन । जनार्दन शर्माले भने उनको बार्गेनिङलाई कुनै भाउ दिएको देखिदैन ।









प्रतिक्रिया दिनुहोस्