
सुर्खेत । कर्णालीमा विद्युत् आपूर्ति नहुँदा नेपाल टेलिकमकाे सेवाहरु सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
नेपाल टेलिकमकाे प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार बिहीबार बिहानदेखि केही स्थानका सेवाहरु सञ्चालन हुन सकेकाे छैन ।
बुधवार रातिकाे हावाहुरीले गर्दा कर्णालीमा रातिदेखि नै विद्युत् अवरुद्ध छ ।
विद्युत प्राधिकरणका अनुसार हावाहुरी सहितको पानीको कारण कोहलपुर-सुर्खेत ३३ केभी र कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी दुबै खण्डमा समस्या आएको छ ।
विद्युत आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु संचलानको लागि आवश्यक ब्याट्री पावर व्याकअप
न्युन हुन गई कम्पनीको सेवाहरु अवरुद्ध हुन पुगेकाे टेलिकमका प्रादेशिक निर्देशक मधुसुदन दाहालले बताए।
कम्पनीले सम्भव भएसम्म Portable Generator मार्फत सेवा सञ्चालन गर्न हर प्रयास गरेको समेत उनले बताए ।
प्रकाशित मिति : २०८१ चैत २७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्