६ वर्षमा प्रदेश आयुर्वेदमा आएको बदलाप र अब गर्नुपर्ने काम



तत्कालीन भेरी अञ्चल आयुर्वेद औषधालय हुँदै अहिले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र बनेको छ । म यस कार्यालयमा ०७५ फागुन १८ गते यस सस्थाको जिम्मेवारी भूमिकामा आएको थिएँ ।

करिब ६ वर्ष यो संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेँ । यस अवधिमा प्रदेश आयुर्वेद अस्पतालमा भएका मुख्य उपलब्धिहरु यस प्रकार छन्ः

१. तत्कालिन भेरी अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रुपमा स्तरोन्नति भएकाे छ।

२.आयुर्वेद औषधि उत्पादन शाखाको विस्तार तथा अत्याधुनिक मेसिन खरिद तथा जडान गर्नुका साथै कर्णालीमै आयुर्वेद जडीबुटीको प्रयोग गरी च्यवनप्राश उत्पादन, शिलाजित प्राशोधन, वेदननाशाक तेल निर्माण अन्य ९ प्रकारका आयुर्वेद औषधि उत्पादन वितरण कार्यको सुरुवात भएको छ ।

३. प्रदेश आयुर्वेद अस्पतालका केही भौतिक संरचना निर्माण सम्पन्न भएका र बाँकी नीर्माणको चरणमा रहेका छ्न्।

४. पूर्वकर्म, पंचकर्म, वस्ती, फिजियोथेरापी सेवा विस्तार भएकाे छ ।

५. आफ्नै योग हलमा योग, ध्यान तथा जीवनशैली, स्वस्थ आहार–विहार लगायत जीवनशैली परिवर्तन सम्बन्धी विभिन्न सेवा दैनिक रुपमा सञ्चालनमा आएकाे छ ।

६.एक्सरे सेवा, युएसजी सेवा ,ईसिजी सेवाको विस्तार ।

७. क्षारसुत्र अग्निकर्म, जलौका रक्तमोक्षण सहित सेवा विस्तार ।

८.निशुल्क तथा स–शुल्क फार्मेसी सेवा विस्तार ।

९.प्रयोगशाला सेवाको विस्तार ।

१०.विशेषज्ञ चिकित्सकसहितको वहिरङ सेवा सेवा ।

११.अन्तरग सेवा सञ्चालनार्थ भवन निर्माण सँगै अन्तरङ्ग सेवाको सुचारु भएको छ ।

१२.संस्थाप्रति आम सेवाग्राहीको आकर्षण र विश्वास बढनु ।

१३. विना दर्ता, विना चिकित्सकको चेकजाँच कागजमा राखेर औषधि दिने परिपाटीको अन्त्य ।

१४. आयुर्वेद सुचना प्राणी, तथ्याङ्क रेकर्डलाई व्यवस्थित गरिएको छ ।

१५.विकास समितीको तर्फको आम्दानी रु.(२,३१०००) दुई लाख एकतिस हजारबाट आजका दिनसम्म समितीको बैक खातमा रु (१,०८,००,००० ) एक करोड आठ लाख मौज्दात रहेको छ ।

१६.कर्णाली प्रदेशमा निरन्तर रुपमा आयुर्वेदको विकास, विस्तारका लागि समन्वय, सहकार्य र पैरवी ।

अब गर्नुपर्ने बाँकी काम
१.आयुर्वेद अस्पतालको लागि आवश्यक थप शाखासहितको थप जनशक्तिको लागि O&M गर्न अति आवश्यक छ। आयुर्वेद औषधि उत्पादनलाई अलग्गै संगठन संरचनाबाट सञ्चालन गर्नेतर्फ ध्यान दिनु पर्ने छ ।

२. वैकल्पिक चिकित्सा सेवाहरुको थप विस्तार ।

३. स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नु पर्ने ।

४. बन्दै गरेका भौतिक संरचना सम्पन्न गर्ने र थप अध्ययन, अनुसन्धान भवन, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको लागि आवास निर्माण गर्न आवश्यक देखिन्छ ।

५. अध्यायन, अनुसन्धान, औषधि उत्पादन कार्य थप व्यवस्थित गर्दै सबै आयुर्वेद संस्थालाई कर्णालीकै जडीबुटीको प्रयोग गरी आयुर्वेद औषधि उत्पादन गरी वितरण गर्नुपर्ने छ । सँगै आयुर्वेद औषधिमा आत्मनिर्भर बनाउन लाग्नु पर्ने छ ।

६. कर्णालीमा भएका जडीबुटीको समुचित प्रयोग गरी आयुर्वेद औषधिलाई गुणस्तरिय मापदण्ड अनुरुप उत्पादन गरी बिक्री वितरणका लागि आवश्यक मापदण्ड तयार गर्दै अगाडि बढ्नुपर्ने छ ।

७.अन्तरंग सेवालाई व्यवस्थित गर्दै थप आवश्यक जनशक्तिसहित सञ्चालन गर्नु पर्ने छ ।
परिवर्तनका लागि निरन्तर लागि रह्यो भने सम्भावना र सकारात्मक परिवर्तन सम्भव छ । संस्थागत विकासका लागि निजी स्वार्थ र प्राप्ति भन्दा माथि उठेर अर्काको काम भन्दा आफ्नो क्षेत्रको, आफुले पढेको चिकित्साप्रतिको धर्म नबिर्सेर म मात्र होइन, हामी भनेर आयुर्वेद क्षेत्रमा काम गर्नु जरुरी छ । जे–जति छ त्यसमा खुसी हुँदै निरन्तर समयसँगै विकास र स्तरोन्नतिमा लागि रहनु आवश्यक छ ।

रिजाल, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख हुन् । उनले ६ वर्ष उक्त संस्थामा बिताएर अहिले बिदा भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत २९ गते शनिबार