
कुलमान घिसिङको पक्षमा बोल्दा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को पद गएको छ ।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका हुन् ।
सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि तामाङले असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।
तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए । दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार









प्रतिक्रिया दिनुहोस्