
सन् २०२४ सेप्टेम्बर १० मा निजी अन्तरिक्ष एजेन्सी “स्पेसएक्स” को पोलारिस अन्तरिक्ष मिसन सुरु भयो । जसको उद्देश्य पृथ्वीको सतहभन्दा करिब १४०० किलोमिटर टाढा गई अन्तरिक्षमा मानव शरिरमा पर्ने विकिरणहरुको अध्ययन गर्नु थियो ।
साथै यो मिसन कुनै पनि निजी कम्पनीले गरेको पहिलो ब्यवसायिक अन्तरिक्ष यात्रा र करिब पचास बर्षअघिको नासाको एपोलो मिसनपछि अन्तरिक्षमा पृथ्वीको सतहबाट त्यती टाढा मानिस पुगेकोे यो पहिलो पटक हुदै थियो ।
त्यसको करिब ५ दिनपछि उक्त मिसन पुरा भई अन्तरिक्ष यात्रीहरु सफलता पुर्वक पृथ्वीका अवतरित भएका छन् । सुखद कुरा त के छ भने उक्त मिसन पुर्णरुपमा निजी कम्पनीद्धारा गरिएको र मानिसको बहुग्रहिय प्रजाती बन्ने सपनाको पहिलो खुड्किलोको रुपमा संसारले बुझेको छ ।
तथापी यो “स्पेसएक्स”को सन् २०२९ सम्म मंगल ग्रहमा मानिस पठाउने र मंगल ग्रहलाई मानिस बस्न योग्य बनाउने उसको महत्वकांक्षी योजनाको एक सफल प्रयोगको रुपमा पनि बुझ्न सकिन्छ ।
पछिल्लो दशकमा यस्ता अन्तरिक्ष कार्यक्रमका लागि विभिन्न देशका सरकारहरु लगायत निजी क्षेत्रबाट अध्ययन अनुसन्धान र विकासमा अर्बौं, खर्बौं अमेरिकी डलरखर्च भइरहेको छ । जुन पैसाले पृथ्वीका करोडौँ भोका मानिसहरुको पेट भर्न र लाखौँ निर्वस्त्र नांगामानिसहरुको जिवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी काम गर्न पनि सकिन्छ ।
तर यदि त्यसो हो भने पृथ्वीका कैयन बृहत समस्याहरुलाई नजर अन्दाज गरेर किन मानिस अर्को ग्रहमा जान र उतै स्थापित हुन यत्तिविधि मरिहत्ते गरिरहेको छ त ? त्यसको लागि हामीले आजभन्दा करिब छ करोड बर्ष पहिले फर्किनु पर्ने हुन्छ, जतिबेला एक क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा लगभग ९० प्रतिशत प्रजातीहरु लोप भए ।
जसमा लाखौँ वर्ष पृथ्वीमा राज गरेका डाईनासोरहरु समेतको अस्तित्व समाप्त भएको विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् । त्यसैले त प्रख्यात अमेरिकी फिक्सन लेखक ल्यारी नाईभेनले एकपटक भनेका थिए—डाईनासोरहरु लोप भएकिनकीउनिहरुसंग अन्तरिक्षको कुनै पनि कार्यक्रम थिएन ।
छ करोड वर्ष पहिले मानवजातीको अस्तित्व पृथ्वीमा थिएन र सो विध्वंसलाई अनुभव गर्ने अवसर नपाएको मानवजातीले आजभन्दा करिब ७५ हजार वर्षअघि झण्डै लोप हुने अवस्थामा पुग्दा भने राम्ररी नै महसुस गर्यो । इन्डोनेशियामा टोबानामको विशाल ज्वालामुखी विस्फोट भई लाखौँ मेट्रिक टन धुलो र धुवाँ पृथ्वीको वातावरणमा फैलियो ।
ज्वालामुखी विस्फोट भएको नजिकका बनस्पति र जनजिवन अचाक्ली गर्मीले र अन्य स्थानमा वातावरणमा फैलिएको धुलो र धुवाँले अचानक पृथ्वीको तापक्रम घट्न गइ लोप भए ।
यी पिण्डहरुबाट केही खतरा भएन भने पनि बेला बेलामा इन्टरस्टेलर अन्तरिक्षबाट हाम्रो सौर्यमण्डलमा प्रवेश गर्ने र पृथ्वीको नजिकै भएर हाम्रो सौर्यमण्डलबाट बाहिर जाने अञ्जान आकाशिय पिण्डहरुबाट पनि त्यत्तिकै खतरा रहेको छ । जसको ताजा उदाहरण अञ्जान आकाशिय पिण्ड “ओउ मुवामुवा” हो, जो पृथ्वीबाट करिब तिन करोड किलोमिटर मात्र नजिकबाट हाम्रो सौर्यमण्डल हुदै पार भएको थियो ।
उक्त प्राकृतिक विपत्तीमा मानव जातीको ठुलो हिस्सा भोकमरीको शिकार भई समाप्त भयो । करिब दुई हजार मानिसहरु मात्र बाँच्न सफल भएको उक्त घटना पश्चात भने मानिसले अर्को घर बारे सोच्न थालेको हो ।
अर्कोतर्फ हामी यही सौर्यमण्डल भित्र सुर्यलाई परिक्रमा गरिएका करिब ३४००० साना उल्का पिण्ड, क्षुद्रग्रह र अन्य साना आकाशिय पिण्डहरुबाट घेरिएर रहेका छौँ । अक्सर सुर्यलाई परिक्रमा गर्ने कक्षहरु परिवर्तन गरिरहने यी आकाशिय पिण्डहरु जतिसुकै बेला पृथ्वीसँग ठोक्किन आईपुग्न सक्छन् । र, मानव जातीको अस्तित्वलाई सम्पुर्ण रुपमा मेटाइदिन सक्छन् ।
यी पिण्डहरुबाट केही खतरा भएन भने पनि बेला बेलामा इन्टरस्टेलर अन्तरिक्षबाट हाम्रो सौर्यमण्डलमा प्रवेश गर्ने र पृथ्वीको नजिकै भएर हाम्रो सौर्यमण्डलबाट बाहिर जाने अञ्जान आकाशिय पिण्डहरुबाट पनि त्यत्तिकै खतरा रहेको छ । जसको ताजा उदाहरण अञ्जान आकाशिय पिण्ड “ओउ मुवामुवा” हो, जो पृथ्वीबाट करिब तिन करोड किलोमिटर मात्र नजिकबाट हाम्रो सौर्यमण्डल हुदै पार भएको थियो ।
फेरि हाम्रो सौर्यमण्डलको तारा सुर्य जसको गुरुत्वाकर्षणले हामी बाँधिएका छौँ । त्यही सुर्य आजभन्दा करिब ५ अर्ब वर्ष पछि फैलिएर हाम्रो पृथ्वीसम्म आइपुग्ने छ । जसले गर्दा हाम्रो ग्रह करिब करिब सुर्य भित्र विलिन हुनेछ ।
त्यसैले यदि मानिसले आफ्नो प्रजातिलाई दीर्घकालिन कालिन रुपमा जोगाइराख्नु छ भने अर्को घरको खोजिमा अहिलेदेखी नै लाग्नुपर्ने देखिन्छ । र, त्यही कारणले अन्तरिक्ष र अन्य बस्न योग्य ग्रहहरुको खोज मानवजातिका लागि यति विघ्न रुचिकर बिषय बनेको हो ।
के अरु घरहरु सम्भव छ ?
अन्तरिक्षमा हामीले आफ्ना लागि नयाँ घर खोज्दै गर्दा हामीले मावनजातिको विकास पृथ्वीमा कसरी हुन सक्यो र हामी फल्नफुल्न पृथ्वीको वातावरणले कसरी सहयोग गर्यो भन्ने बारेमा बुझ्न आवश्यक छ ।
हामी यो ग्रहमा बाँच्न र विकसित हुनुमा हामी हाम्रो माउतारा सुर्यको “ह्याबिटेवल जोन”मा हुनु नै हो । यहाँ ह्याबिटेवल जोन भन्नाले हामीले जीवनका लागि आवश्यक र ठिक्क तापक्रम भएको, आफ्नो माउताराबाट धेरै नजिक र धेरै टाढा नभएको र पानी आफ्नो तरल रुपमा रहन सक्ने अवस्था भन्ने बुझ्नु पर्छ ।
नासाका अनुसार हालसम्म हाम्रो आकाशगंगा “मिल्की वे”मा मात्र करिब पाँच हजार पृथ्वी जस्तै र आफ्नो माउ ताराको ह्याबिटेवल जोनमा रहेका ग्रहहरु फेला परेका छन् ।
तर हाम्रो सौर्यमण्डलबाट सबैभन्दा नजिकको मानिएको अर्को तारामण्डलमा रहेको ग्रह “प्रोक्सीमा सेन्टुरी बी” नै करिब ४.२ प्रकाशवर्ष टाढा रहेको छ ।
जसलाई किलोमिटरमा गणना गर्दा करिब १० खर्ब किलोमिटर हुन आउँछ र अहिले सम्म मानव निर्मित यान “पार्कर सोलार प्रोब” ले प्राप्त गर्न सकेको अधिकतम औसत गति पुग्न करिब ६ लाख किलोमिटर प्रतिघण्टाका दरले यात्रा गर्न सकेको खण्डमा समेत “प्रोक्सीमा सेन्टुरी बी” सम्म पुग्न हामीलाई करिब ७ पृथ्वी वर्षहरु लाग्ने अनुमान छ ।
तथापी मानिसलाई चन्द्रमा सम्मको यात्रा गराएको एपोलो ११ ले प्राप्त गरेको अधिकतम गति करिब ४० हजार किलोमिटर प्रतिघण्टाको दरले हामीलाई उक्त ग्रहसम्म पुग्न करिब–करिब १ लाख पृथ्वी वर्षहरु लाग्ने देखिन्छ ।
त्यसैले हाललाई हामीले अन्तरिक्षमा प्राप्त गर्न सकेको अधिकतम गतिलाई नाटकीय रुपमा बढाउने उपायको खोजीमा लागि रहनु र अन्तर ग्रहिय यात्राका लागि आफुलाई तयार पार्नु पर्ने अवस्थाका बिच त्यसको सुरुवात हामीले आफ्नै सौर्यमण्डलको रातो ग्रह मंगलबाट गर्नुपर्ने देखिन्छ ।
मंगल नै किन ?
सुर्यको परिक्रमा गर्ने क्रममा करिब ५ करोड ४६ लाख किलोमिटरसम्म नजिक हुन आउने र दुरीका हिसाबले पुग्न करिब ७ महिना मात्र लाग्ने चट्टानी ग्रहमंगल नै अहिलेलाई हाम्रो अर्को घर हुन सक्ने विशेष सम्भावना बोकेको ग्रह हो ।
किनकि हाम्रो सौर्यमण्डलमा ४ वटा ग्याँसयुक्त ग्रहहरु छन् भने चट्टानी ग्रहहरु मध्ये बुध र शुक्र सुर्यको “ह्याबिटेबल जोन”मा पर्दैनन् । त्यसैले अहिलेलाई हामीले नयाँ घरको खोजी र हामीले मानवजातिलाई बहु–ग्रहिय प्रजातिको रुपमा विकसित बनाउन आवश्यक अनुभवका लागि समेत मंगल ग्रह नै उपयुक्त ग्रह हो ।
मंगल ग्रहको वातावरण मानिसका लागि खतरनाक सौर्य विकीरणहरुले भरिएको र पानी बरफका रुपमा दक्षिणी धुर्बमा जमेर रहेकोले सुरुवाती मंगल ग्रहमा बसाइँ सर्ने मानिसहरु पृथ्वीबाटै लिएर गएको आधारभुत आपुर्तिमा भर पर्नु पर्ने देखिन्छ ।
साथै भविष्यमा हामीले “ईन्टरस्टेलर”यात्राका लागि मंगल ग्रहलाई आधार स्टेशनका रुपमा समेत प्रयोग गर्न सक्ने छौँ । त्यसैले त लेखमा सुरुमै उल्लेख गरिएझैँ मानिसहरुको रुचि मंगल ग्रहमा भएको हो ।
तर मंगल ग्रहलाई हामीले आफ्नो नयाँ घरको रुपमा कल्पना गरिरहँदा मंगललाई मावनजातिका लागि बस्न योग्य बनाउँन चानचुने कुरा भने पक्कै होइन ।
किनकि हालसम्म हामीले बुझ्न सकेको मंगलग्रह अत्यन्तै चिसो र अत्यन्त पातलो वातावरणीय पत्र भएको ग्रह हो । मंगल ग्रहको वातावरण मानिसका लागि खतरनाक सौर्य विकीरणहरुले भरिएको र पानी बरफका रुपमा दक्षिणी धुर्बमा जमेर रहेकोले सुरुवाती मंगल ग्रहमा बसाइँ सर्ने मानिसहरु पृथ्वीबाटै लिएर गएको आधारभुत आपुर्तिमा भर पर्नु पर्ने देखिन्छ ।
तत्पश्चात मंगलको चरम विरोधी वातावरणलाई बस्न योग्य बनाउन हामीले कृत्रिम हरितगृह ग्याँस र मिथेनलाई वातावरणमा फैलाउनु पर्ने छ । जसले मंगलको तापक्रम बढाई धुर्बमा जमेर बसेको बरफलाई पगाल्न मद्दत गर्ने छ ।
तर यो प्रक्रिया अत्यन्तै ढिलो र खर्चिलो हुन सक्छ तथा हालसम्म हामीसँस मंगलको वातावरणलाई मानवजातिको बसोबासका लागि उपयुक्त बनाउने ठोस र प्रामाणिक रणनीतिक योजना भने छैन ।
तथापी एलन मस्कले सन् २०२९ भित्रै पहिलो मानव खेप मंगल ग्रहमा पठाउने र सन् २०५० भित्रै मंगल ग्रहमा पुग्ने मानिसहरुलाई त्यहाँ जीवनयापनका लागि आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनाका साथ काम गरिरहेका छन् ।
तर मंगल ग्रह पनि हाम्रा लागि अस्थायी बासस्थान मात्र हुने छ किनकि हाम्रो यात्रा ढिलो चाँडो ईन्टर ग्यालेक्टिक हुन सकेमा मात्र हामीले मानव सभ्यतालाई अझै केही खर्ब वर्षसम्म जोगाउन सक्ने छौँ ।
सम्भावित अरु घरहरु र यात्राको जटिलता
लेखमा माथि उल्लेख भएझैं हाम्रो सौर्यमण्डलको सबै भन्दा नजिक रहेको “प्रोक्सीमा सेन्टुरी बी”बाहेक वैज्ञानिकहरुले आफ्नो तारामण्डलको “ह्याबिटेबल जोन”मा रहेका र पृथ्वीजस्तै अन्य ग्रहहरु समेत पत्ता लगाइसकेका छन् । जसमा मुख्यतः स्कोरपियोस नक्षत्रमा रहेको ग्लिसी ६६७, सिग्नस नक्षेत्रमा रहेका केप्लर २२ बी, ६९ सी, १८६ एफ, ४५२ बी र १६४९ सी तथा लाईरा नक्षेत्रमा रहेको केप्लर ६२ एफ र ४४२ बी लगायत ए–क्वारियस नक्षेत्रमा रहेको ट्रापिस्ट १ रहेका छन् ।
“प्रोक्सीमा सेन्टुरी बी”बाहेक माथि उल्लेखित हाम्रा सम्भावित घरहरु मध्ये सबैभन्दा नजिकको घर ग्लिसी ६६७ हामीबाट करिब २३ देखी २४ प्रकाशवर्ष टाढा छ भने सबैभन्दा टाढाको घर केप्लर ४५२ बी करिब १७९९ प्रकाशवर्ष टाढा छ । त्यसैले हाललाई सम्भावित अरु घरहरुको यात्राको जटिलताको मापन गर्दा लगभग असम्भव नै देखिन्छ ।
तथापी हाल विकासकै क्रममा रहेको “बे्रकथ्रु स्टारसट” परियोजना सफल भएमा हाल७ हजार पृथ्वी वर्षको दुरीमा रहेको “प्रोक्सीमा सेन्टुरी बी” सम्मको हाम्रो यात्रा केवल ३० देखी ४० पृथ्वी बर्षहरुमा सीमित हुने छ ।
खगोल वैज्ञानिकहरु “जेनेरेशनसिप” को बारेमा पनि अध्ययन तथा अनुसन्धानरत छन्, जसमा पृथ्वीबाट यात्रा सुरु गर्ने पुस्ताले उक्त यानमा नै प्रजनन् गर्नेछन् ।
स्मरण रहोस “बे्रकथ्रु स्टारसट” परियोजना हालसम्म एक परिकल्पनाकै रुपमा रहेको छ र जसको पहिलो सुक्ष्म यान सन् २०३६ सम्मप्रक्षेपण गरिने योजना रहेको छ र उक्तयानले हामीलाई “प्रोक्सीमा सेन्टुरी बी”लाई अझै बृहत रुपमा बुझ्न सहयोग गर्नेछ । र, यो परियाजना सफल भएमा मानवजातिको इतिहासमा पहिलो पटक प्रकाशको गतिको करिब १५ प्रतिशतदेखी २० प्रतिशत गति प्राप्त गर्न सफल हुनेछ ।
यो परियोजना बाहेक खगोल वैज्ञानिकहरु “जेनेरेशनसिप” को बारेमा पनि अध्ययन तथा अनुसन्धानरत छन्, जसमा पृथ्वीबाट यात्रा सुरु गर्ने पुस्ताले उक्त यानमा नै प्रजनन् गर्नेछन् । र, आफुपछि उक्त यानलाई अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने छन् । यसरी थुप्रै पुस्ता पश्चात मानवजातिले आफ्नो गन्तव्यसम्मको यात्रा पुरा गर्ने छन् ।
तथापी हजारौँ वर्षको उक्त यात्रा तय गर्न चाहिने इन्धन, अन्तरिक्षमा मानवजातिमा हुनसक्ने जेनेटिक परिवर्तन र प्रजनन् क्षमतामा हुन सक्ने ह्रासबारे अहिलेसम्म हामीले सटिक अनुमान गर्न सकेका छैनौँ ।
साथै उक्त अन्तरिक्षयानलाई सञ्चालन गरिराख्न र सो यानको वातावरणलाई स्थिर बनाइराख्न हरेक नयाँ पुस्तामा आवश्यक प्राविधिक ज्ञान तथा क्षमता हुनु पनि अनिवार्य शर्त हुने छ ।
अर्कोतर्फ “जेनेरेशनसिप” को सफलता त्यो यानमा रहेका मानिसहरुले जन्माउने बच्चाहरुमा पनि निर्भर गर्ने छ । तिनीहरुले जीवनलाई हेर्ने नजरिया र लक्ष्यप्रतिको लगावले पनि उक्त यानको भविष्यलाई एक हिसाबले निर्देशित गर्ने छ ।
त्यो बाहेक दर्शनशास्त्री निल लेवीको भनाइ अनुसार कुनै पनि मानिसको जीवनमा विकल्पहरुलाई सीमि गरेर उसले आफुले चयन नगरेको परियोजनामा जबरजस्ती संलग्न गराउनु पक्कै पनि नैतिक रुपमा उपयुक्त हुन सक्दैन । र, “जेनेरेशनसिप”मा सबैभन्दा बढी मर्कामा ती मध्ये पुस्ताहरु पर्ने छन् । जो यात्राकै क्रममा जन्मिने छन् र मर्नेछन् । जसले आफुले गरेको मेहेनेतको ठोस परिणाम थाहै नपाई आफ्नो जीवन बिताउनु पर्ने हुन्छ ।
निष्कर्षमा, नैतिक, सामाजिक र भौतिक कठिनाईहरुका बावजुद मानवजातिलाई अनन्त समय सम्म बचाइराख्न र निरन्तर क्रम विकासको प्रक्रियामा बनाइराख्न हामीले पृथ्वी बाहेक अन्य ग्रहहरुमा मानव जीवनलाई विस्तार गर्नु भविष्यको अपरिहार्य आवश्यकता हो ।
किनकि होमो सेपियन्सबाट आधुनिक मानव बनिसक्दासम्म हामीले ३ लाख वर्षहरुमा बुझेको तथ्य र संग्रहित गरेको ज्ञानले हामी बहुग्रहिय प्राणी बन्न योग्य छौँ भन्ने कुरा हामीले अन्तरिक्षमा हालसम्म प्राप्त गरेको सफलताले प्रमाणित गरिसकेको छ ।
र, ६ करोड बर्ष अघिका डाईनासोरहरुलाई झैं हामीलाई इतिहासको गर्भमा सधैँको लागि हराउने छुट कदापी छैन र हुनु हुदैन पनि ।
लेखक शाही बैङ्कर हुन् ।









प्रतिक्रिया दिनुहोस्