
सल्यानमा हाईस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
शुक्रबार बिहान बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाइस गाडी दुर्घटना भएको हो ।
रुकुम पश्चिमको नुवाकोटबाट नेपालगन्ज जाँदै गरेको उक्त बस खालबोटको ओरालोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय थारमारेका अनुसार घाइतेहरुलाई उद्दार गरेर थारमारेस्थित अस्पतालमा लागिएको छ ।
घाइते मध्य तीन जनाको टाउकोमा चोट रहेको छ भने अन्यको हात र खुट्टामा चोट रहेको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्