
मध्यपश्चिम समाज मेरिल्याण्ड अमेरिकाको नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण चन्दलाई चयन गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल, महासचिवमा लोकेन्द्र वली चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा राजन देवकोटा, सचिव खेमराज थापा, कोषाध्यक्षको जिम्मेवारी तिला खत्री रहेका छन् ।
त्यस्तै सदस्यहरूमा रमेश क्षेत्री,योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, र बसन्त गिरी तथा केशव देवकोटा लगायतको सक्रिय सहभागिता रहेको छ ।
संस्थाका सल्लाहकारहरूमा संयोजकमा राजन सुनार सदस्यहरूमा बासुदेव पोखरेल, उत्तम गौली, हिक्मतबिक, राज बोहरा, प्रशाराम देबकोटा,शंकर ओली, कन्हैया सिंह परियार, श्याम गुरूङ, बाबुराम भट्टराई,दिपेश रावत, नेत्र अधिकारी, लक्ष्मीराम शाह र शोभा गौतम रहेका छन् ।
नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड गठन भएको हो । कुमालका अनुसार नव निर्वाचित चन्दले आफ्नो भनाइमा संस्थाको नेतृत्व पाउँदा अत्यन्त खुशी र गर्व महसुस भएको बताए ।
अध्यक्ष चन्दले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने अठोट व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्