
बिहान १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। शुक्रबार बिहान १० बजेका लागि तय गरिएको बैठक र कार्यक्रम हाल स्थगन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थगनको कारण भने खुलाइएको छैन।
मन्त्रिपरिषद् बैठकबाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्ने तयारी थियो।
यसैगरी बिहान १० बजे राज्यमन्त्रीको शपथ कार्यक्रम पनि राखिएको थियो। सरकारले बिहीबार नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो।
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्