कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आजदेखि दैनिक दुई पटक बन्द



कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आजदेखि दैनिक दुई पटक बन्द हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना प्रकाशित गरी राजमार्ग बन्द हुनेबारे जानकारी गराएको हो ।

यो राजमार्ग बिहान ८ देखि मध्याह्न १२ बजेसम्म र अपराह्न २ देखि साँझ ६ बजेसम्म बन्द गरिएको हो ।

सडक डिभिजन सुर्खेतबाट ठेक्का सम्झौता भएको यो खण्ड निर्माण क्रममा आवातजावत रोक्नुपरेको कार्यालयले जनाएको छ ।

यस खण्डको विकल्पमा रामघाटदेखि साइगाउँसम्म मध्यपहाडी राजमार्ग प्रयोग गर्न समेत कार्यालयले सूचित गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार