म पनि दैलेखी नै हुँ !



पुर्व प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पर्खाको थलो दैलेखको दुल्लू नगरपालिकामा पर्ने दह गाउँ हो । दाहाल जातिको उद्गम थलोका रुपमा उक्त ठाउँलाई चिनिन्छ ।

पछिल्लो पटक प्रधानमन्त्री भएका वेला प्रचण्ड पुर्खाको थलोमा आएर कार्यक्रम गरेका थिए ।

आइतबार मध्यपहाडी राजमार्ग अभियानका क्रममा दैलेख पुगेका प्रचण्डले पुनः आफ्नो पुर्खाको थलोलाई स्मरण गरे । भने, ‘म पनि दैलेखी हुँ ।’

जिल्ला सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै हैसियतमा दैलेखको दह गाउँमा आएर आफ्ना पुर्खाहरुको शालीक अनावरण गरेको सम्झिए ।

उनले थप भने, ‘दोस्रो पटक दैलेख आउँदा आज म दैलेखबासीकै सामु भन्छु पनि दैलेखी नै हुँ । यो भन्दा मलाई गर्वको अनुभुति भएको छ ।’

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार