
सर्खेत । बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर राति १ बजेर ४८ बजे ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो।सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार त्यसलगत्तै २ बजे ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्प दार्चुला, बझाङ, डडेल्धुरामा महशुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए। भूकम्पबाट क्षति भएको नभएको विवरण आउन बाँकी छ।
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्