माछा मार्ने क्रममा भेरी नदीमा डुबेर एकजना बेपत्ता



सुर्खेत । सुर्खेतको गुर्भाकोटमा भेरी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। ईलाका प्रहरी कार्यालय छिन्चुका अनुसार बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका–१३ बस्ने प्रेम बहादुर राना रहेका छ।

हिजो (बिहीवार) बेलुका करिब ८ बजेघुमखहरे स्थित भेरी नदीमा माछा मार्न गएका गुर्भाकोट–१३ भक्तपुरका एकै घरका तीन दाजु भाइमध्ये ४१ वर्षीय प्रेम बहादुर राना भेरी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम खत्रीले जानकारी दिए ।

उनका अनुसार हाल गोताखोर, मेहेलकुना र बोटेचौरका प्रहरी टोलीले उनको खोजि कार्य जारी राखेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार