
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन् ।
उनै उद्योगपति टाटाका प्रेरणादायी भनाइहरु
– म सही निर्णय लिनुमा विश्वास गर्दिनँ । म निर्णय लिन्छु र त्यसलाई सही बनाउँछु ।
– शक्ति र धन मेरा मुख्य लक्ष्य होइनन् ।
– यदि तपाईं छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस्, तर टाढासम्म जान चाहनुहुन्छ भने साथीसँग जानुहोस् ।
– कुनै पनि फलामलाई बाहिरी शक्तिले नष्ट गर्न सक्दैन, तर त्यसको आफ्नै जंगले नष्ट गर्छ । यस्तै गरी कुनै पनि व्यक्तिलाई बाहिरका मानिसले नष्ट गर्न सक्दैन, तर उसको आफ्नै सोचले नष्ट गर्न सक्छ ।
– जीवनमा उतार-चढाव निकै महत्त्वपूर्ण हुन्छन्, किनकि ईसीजीमा सिधा रेखाले हामी जीवित छैनौं भन्ने देखाउँछ ।
– म सधैं भारतको भविष्यका सम्भावनाहरूमा निकै विश्वस्त र उत्साहित छु । मलाई लाग्छ यो ठूलो सम्भावना भएको देश हो ।
– म ती मानिसहरूको प्रशंसा गर्छु जो धेरै सफल छन्, तर यदि त्यो सफलता निर्दयतापूर्वक प्राप्त गरिएको हो भने म त्यस व्यक्तिलाई प्रशंसा गर्न सक्छु, तर उसको सम्मान गर्न सक्दिनँ ।
– मानिसहरूले तपाईंमाथि फालेको ढुंगालाई उठाएर त्यसलाई स्मारक बनाउन प्रयोग गर्नुहोस् ।
– मानिसहरूले अझै पनि विश्वास गर्छन् कि उनीहरूले पढेको कुरा सत्य हो ।









प्रतिक्रिया दिनुहोस्