
सुर्खेत । कर्णालीमा पहिलो पटक प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्लेईङ्ग फर चेञ्जको आयोजनामा बुधबार र बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा प्रतियोगिता हुन लागेको हो ।
त्यसका लागि तयारी पुर्ण रुपमा भइसकेको आयोजक संस्था प्लेईङ्ग फर चेञ्जका अध्यक्ष प्रकाश खड्काले बताए ।
पहिलो पटक कर्णालीमा सेन्सर प्रविधिको प्रयोग गरी उक्त आयोजना हुँदै छ । प्रतियोगितामा प्रदेशभरका तीन सय बढी खेलाडीहरु सहभागी हुने उनले बताए ।
सहिद दिवसको अवसरमा दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीको तयारीमा सघाउ पुग्ने उद्देश्य राखिएको पनि खड्काले बताए ।
प्रतियोगिताको उद्घाटन कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गर्नेछन् ।
उक्त प्रतियोगिता सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, तेक्वान्दो संघ कर्णाली प्रदेशको समन्वयम गर्न लागिएको हो ।
प्रतियोगितामा विजेताले मेडल, प्रमाण–पत्र र नगद पुरस्कार पाउने अध्यक्ष खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्