
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको प्रथम भेलाबाट जिल्ला सभापतिमा रमेश कुमार सापकोटा चयन भएका छन् ।
वीरेन्द्रनगरमा बिहीबार सम्पन्न रास्वपा सुर्खेतको जिल्ला भेलाबाट पार्टी सभापतिमा सापकोटा सर्वसम्मत चयन भएका हुन्। ।
यसअघि नेपाली कांग्रेस नगर सचिव समेत रहेका सापकोटाले रास्वपा प्रवेश गरेको थिए ।
यस्तै उपसभापतिमा जगत बस्नेत, सचिवमा विनम शाही, सह सचिवमा भुपेन्द्र बहादुर थापा, कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा हिरासिंह थापा, केशरी वलि,बालकृष्ण शर्मा,मोहनसिंह खत्री,किशोर थापा चयन भएका छन् । यस्तै डिल्लीसरा घिमिरे,राहुल विक, शान्ति घिमेरे चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक, केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद सन्तोष परियारको प्रमुख आतिथ्यता सुर्खेत भेला सम्पन्न भएको हो ।
प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्