
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेश सभामा बजेटसँग सम्बन्धित दस्तावेज पठाउँदा व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै क्षमायाचना गरेका छन् ।
उनले आगामी दिनमा यस्ता कमीकमजोरी दोहोरिन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री शाहले उक्त स्वीकारोक्ति गरेका हुन् ।
“बजेटसँग सम्बन्धित दस्तावेज प्रदेश सभामा पठाउँदा व्यवस्थापनमा केही कमी रहेको महसुस गर्दै आगामी दिनमा यस्तो कमी हुन नदिने कुरा यो सम्मानित सभालाई विश्वास दिलाउन चाहन्छु,’’ मन्त्री शाहले सोमबारको प्रदेश सभामा भने ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले बजेट संसदबाट सार्वजनिक हुनुभन्दा अगाडी नै बाहिर सामाजिक सञ्जालमा आएको भन्दै प्रश्न उठाएको थियो ।
याे पनि…
बजेट चुहावटदेखि पुलसम्म सरकारको खिल्ली, शर्माले भने- ‘यो दुश्मनी होइन भने के हो?’









प्रतिक्रिया दिनुहोस्