
प्रमुख प्रतिपक्षी दलसँगको लामो विवाद र रस्साकस्सीपछि कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको करिब ३३ अर्बको बजेट पारित भएको छ।
शुक्रबार बसेको प्रदेश सभा बैठकले सर्वसम्मत तरिकाले बजेट अनुमोदन गरेको हो।
बजेट निर्माण प्रक्रियामा त्रुटि र योजना छनोटमा मनोमानी भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले लगातार सभा अवरुद्ध गर्दै आएको थियो।
पछि, मुख्यमन्त्री यमलाल कँडेलको पहलमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटेपछि बजेट पारित गर्ने बाटो खुलेको हो।
कर्णाली सरकारले ल्यायाे ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट (पुर्णपाठ)
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्