रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत शाही कोठामा मृत फेला



सुर्खेत । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कोईली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् । गाउँपालिकाको कार्यालय सहायक पद (प्रशासन शाखामा) मा कार्यरत शाही सिस्ने गाउँपालिका ५ स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

वडा नम्वर ६ खोपिचार निवासी २३ वर्षीया शाही झुण्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । घटना शुक्रबार राती नै भएको हुन सक्ने प्रहरीको अनुमान छ । शाहीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको छ । पोष्टमार्टमपछि मात्रै सबै कुरा खुल्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार