
सुर्खेत । कर्णाली प्रदेशकी जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढासँग प्रशस्त मात्रामा सम्पत्ति रहेको पाइएको छ । उनको सहरमा घरजग्गादेखि होइड्रोपावरमा समेत सेयर रहेको पाइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा हुम्ला र नेपालगंजमा गरी उनका दुईवटा घर छन् ।
हुम्लाको खार्पुनाथ–१, गोप्का निवासी उनीसँग हुम्लाको सिमिकोट र बाँकेको नेपालगंजमा दुई वटा घर छन् । ती घर छोरा मिजास बुढाका नाममा रहेको उनले जनाएकी छन् ।
बुढाको हुम्ला, बाँके र सुर्खेतमा गरी ६९ लाख पर्ने जमिन ५ वटा ठाउँमा रहेको छ । ती सबै जमिन मन्त्री बुढाकै नाममा रहेका छन् ।
जमिनहरु हुम्लाको सिमिकोट तीन ठाउँमा, बाँकेको मनिकापुर र सुर्खेतको बलयकाँडामा रहेका छन् ।
उक्त जमिन पनि व्यापार, व्यवसाय, ठेक्कापट्टादेखि केही ऋण सापट गरेर खरिद गरेको उल्लेख गरेकी छन् ।
आफै निर्माण गरेको बताइएका ती घरहरु पारिश्रमिक, व्यापार र ठेक्कापट्टाबाट जोडेको उनले बताएकी छन् । यद्यपि उनको व्यापार, व्यवसाय के हो ? भन्ने कुरा खुलाएकी छैनन् । ठेक्कापट्टाको विषय पनि उनले खुलाएकी छैनन् ।
यो पनि..
कर्णालीका अर्थमन्त्रीसँग ११ हजार १०६ तोला सुनचाँदी, डेढ करोडका घडी !
कर्णालीका सामाजिक विकास मन्त्रीको ३० ठाउँमा जमिन, २२ लाख ऋण !
उनले अधिकांश सम्पत्ति व्यापार, व्यवसाय, ठेक्कपट्टा र पारिश्रमिकबाट जोडेको दाबी गरेकी छिन् । तर प्रदेश सभामा आउनुपुर्व उनले केमा जागिर थियो र केमा आबद्ध थिइन् भन्ने कुरा कतै खुलाएकी छैनन् ।
उनीसँग २५ तोला सुन, १५० तोला चाँदी र १५ तोला मुगा रहेको छ । त्यो केही दाइजो बाँकी पारिश्रमिक, व्यापार, व्यवसायबाट नै जोडेको बताएकी छन् । व्यापार व्यवसायदेखि ठेक्कापट्टाबाट नै उनको झण्डै २३ लाख रकम विभिन्न ७ वटा बैँकमा मौज्दात राखेकी छन् ।
उनको विभिन्न सहकारी, बैँक तथा होइड्रोपावरमा सेयर लगानी गरेकी छन् । उनको रसुवागढी र उप्पर सोलु होइड्रोपावरमा क्रमशः २५ हजार, १० हजार सेयर रहेको छ ।
सेयर विभिन्न ९ वटा बैँक तथा कम्पनीहरुमा छ । उनीसँग ऋण छैन । उनीसँग ५० वटा घोडा, चौरी, भेडा, गाइ र बाख्रा रहेका छन् । जुन पैतृक सम्पत्ति हो ।
यस्तै ३५ हजारको मोबाइल र ६० हजारको ल्यापटप रहेको उल्लेख गरेकी छन् ।
हेर्नुहोस् बुढाको सम्पत्ति विवरणः









प्रतिक्रिया दिनुहोस्