
सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको विभिन्न ३० ठाउँमा जग्गाजमिन रहेको पाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा उनीसँग प्रशस्त मात्रामा जग्गाजमिन रहेको पाइएको हो ।
दैलेख दुल्लु नगरपालिका–८, साहुबाडाका भण्डारीको सोही ठाउँमा पुर्खौली घर रहेको देखाएका छन् । उक्त घर उनकी आमा चन्द्रा भण्डारीको नाममा छ ।
त्यस बाहेकको धेरैजसो जग्गाजमिन पनि आमाकै नाममा राखेका छन्, उनले । दूल्लु नगरपालिका वडा नम्बर तीनका १३ ठाउँमा जमिन रहेको छ भने वडा नम्बर २ को ७ ठाउँमा पनि जमिन रहेको छ । आमाकै नाममा साविक पादुका गाविस–५, का दुईवटा ठाउँमा पनि उनको जमिन छ ।
यस्तै आमाकै नाममा साविक रावतकोट गाविस–५ र ४ गरी दुई ठाउँमा जमिन छ भने उनकी श्रीमति पवित्रा कुमारी खड्काका नाममा दुल्लु, कालभैरव, बडलम्जी गरी तीन ठाउँमा जमिन छ ।
उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ । भण्डारीको नाममा साविक पादुका गाविस–५, मा अर्को जग्गा छ । उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ । आमाको नाममा रहेको धेरै जग्गाजमिन पैतृक रहेको उल्लेख गरेका छन् ।
यो पनि..
कर्णालीका अर्थमन्त्रीसँग ११ हजार १०६ तोला सुनचाँदी, डेढ करोडका घडी !
भण्डारीसँग ८ तोला सुन, ५ तोला चाँदी रहेको छ । केही पारिश्रमिकबाट जोडेको र केही पैतृक रहेको उल्लेख छ । उनीसँग अहिले बैँकमा १ लाख २९ हजार ७ सय रुपैयाँ मौज्दात रहेको छ, जुन पारिश्रमिक वापत् पाएको रकम हो ।
यस्तै उनीसँग सामाजिक सेवा संचार सहकारी र दुल्लु क्याम्पसमा १००/१०० रुपैयाँ सेयर रहेको उल्लेख गरेका छन् ।
भण्डारीले २२ लाख ऋण रहेको उल्लेख गरेका छन् । श्रीमतिको नाममा चार लाख र शुभलक्ष्मी इटरलग इट्टा उद्योगको नाममा १८ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
१४ हजार मुल्य पर्ने दुईवटा गोरु, चार बाख्रा, १ कुखुरा पनि भण्डारीसँग छन् भने ६५ हजारको स्मार्ट फोन मोबाइल र अर्को २५ सय पर्ने सादा मोबाइल छ । भण्डारी पुर्व पत्रकार, पुर्व मेयर हुँदै प्रदेश सभा सदस्य बनेका थिए ।
हेर्नुहोस् सम्पत्ति विवरणः
आ.व.२०८०।८१ को मा. मन्त्री घनश्याम भण्डारीज्यूको सम्पत्ति विवरण









प्रतिक्रिया दिनुहोस्