प्रधानमन्त्री ओली बिरामी



प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् ।

उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ ।

ओली बिरामी भएसँगै अत्यावश्यकबाहेक अरू भेटघाट कम गरिएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार