विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्छ : मन्त्री भण्डारी



सुर्खेत। कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्न शिक्षा योजनामा मुख्य प्राथमिकता राख्नुपर्ने सुझाव दिएका छन्।

आईतबार कर्णाली प्रदेशको शिक्षा योजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उनले शिक्षा र आर्थिक विकासलाई सँगै लिनुपर्ने बताए।

यसका लागि स्थानीय पाठ्यक्रममा उत्पादनको विषय जोड्नुपर्ने र व्यवसायीकरण गर्नुपर्ने सुझाव राखे।

मन्त्री भण्डारीले प्रदेश योजना बनाउँदा पालिकाको शिक्षा योजना पृष्ठपोषणका रूपमा लिन सकिने बताए। ती योजनालाई प्रदेश र स्थानीय तहबीचको तदम्यता मिलाउन आग्रह गरे।

योजना बनाउने तर उपयोग नहुने कारणले जनतामा वितृष्णा जागेको बताउँदै योजना निर्माण गर्दा विज्ञको सहभागिता अनुरुप कार्यान्वयन गर्ने निकायका कर्मचारीले ध्यानपूर्वक सहभागी हुन आवश्यक रहेको टिप्पणी गरे।

प्रकाशित मिति : २०८१ फागुन २५ गते आइतबार