दालचिनी राखेर दूध पिउनुस् कपाल झर्ने समस्याबाट मुक्ति !



दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यति मात्र नभई दूधमा दालचिनी राखेर सेवन गर्नाले क्यान्सर र मधुमेह जस्तो बिमारीबाट छुटकारा पाउन सकिन्छ ।

यीबाहेक दालचिनीमा मह मिसाएर पिउनाले छाला सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । थाहा पाउनुहोस् दालचिनी राखेर दूध पिउनुका अन्य फाइदाहरू:

ब्म्ख्भ्च्त्क्ष्क्ःभ्ल्त्
राम्रो निद्रा
दालचिनी राखेर दूध पिउनाले थकाइ कम हुन्छ र यसले गर्दा निद्रा राम्रो लाग्ने गर्छ ।

बलियो हड्डी
दूधमा दालचिनी राखेर सेवन गर्नाले हड्डीलाई बलियो बनाउँछ । विशेषज्ञहरूका अनुसार, दूधको नियमित सेवन गर्नाले हड्डी सम्बन्धी समस्याबाट आराम मिल्छ ।

प्रतिरक्षा प्रणाली
दालचिनी राखेर दूध पिउनाले प्रतिरक्षा प्रणालीमा सुधार आउँछ । ससानो बच्चाहरूका लागि पनि यसको प्रयोग फाइदाजनक हुन्छ ।

पाचन प्रणाली
वायु र पेट सम्बन्धी समस्याबाट छुटकारा पाउनका लागि पनि दूधमा दालचिनी मिसाएर खानु निकै लाभदायक हुन्छ । यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ ।

कपाल र छाला
दूधमा दालचिनी राखेर पिउनाले कपाल झर्ने समस्या कम हुन्छ । यसका साथै कपाल बाक्लो र बलियो हुन्छ । यसको सेवन गर्नाले छाला सम्बन्धी अनेकौं बिमारीहरूबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार