
सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, को वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएकाे छ ।
प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने भएको हो ।
यहाँ माओवादीको तर्फबाट प्रदेश कमिटीका सदस्य ढकेन्द्र बहादुर शाही उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले युवा नेता रेशमबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने एमालेले लालबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । व्यक्तिगत रुपमा यहाँ माओवादीका शाही र कांग्रेसका शाहीको बलियो प्रभाव रहेको छ ।
माओवादीका शाही पुर्व एमाले हुन् । उनी एमालेबाट ०५४ मा नै साविकको मालिका गाविसका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी माओवादीतर्फ लागेका हुन् । उनी व्यक्तिगत रुपमा सबैतिर चिनिएका व्यक्ति हुन् ।
कांग्रेसका शाही ४० मुनिका युवा हुन् । पढेलेखेका युवा शाही अहिले पार्टीका अहिले नगर कमिटी कोषाध्यक्ष हुन् । गाउँमै बस्ने र सबैतिर परिचित उनी युवाहरुमाझ लोकप्रिय छन् ।
यस्तै एमाले उम्मेदवार शाही पार्टीको वडा कमिटी अध्यक्ष हुन्, भने भारतमा मजदुर लिने ठेक्कापट्टाका कामका सक्रिय व्यक्ति हुन् । ०७९ को निर्वाचनमा यहाँ एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । माओवादीका शाहीलाई कांग्रेसको साथ थियो । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो ।









प्रतिक्रिया दिनुहोस्