कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: ३० जना विद्यार्थी दीक्षित, प्रम ओलीले के भने ?



सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थीमध्ये ३० दिक्षित भएका हुन् ।

पहिलो पटक दीक्षित भएका विद्यार्थीहरुमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र तहमा अध्ययन पूरा गरेकाहरु रहेका छन् ।

प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जनाबीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी थिए । त्यसमध्ये केही उपस्थित भएनन् ।

उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए । साथै ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा देशभित्र मात्रै नभई विदेशमा समेत हुने गरेको बताए ।

यस्तै ओलीले प्रतिष्ठानको नयाँ भवनको उद्घाटन गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार