कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु



कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा शुभकालिका गाउँपालिका–४, का २६ वर्षीय वीरेन्द्र चौलागाईँ रहेका छन् ।

सोही वडाको रारा गाउँमा आज बिहान करेन्ट लागेर उनको मृत्यू जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

बिहान ८ बजेतिर पोल चढ्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार