
सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो ।
गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट निकै तल खसेको बताइएको छ ।
दुर्घटनामा २४ बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ भने थप विवरण आउन बाँकी नै रहेको उनले बताए ।
याे पनि…
सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना अपडेटः १३ जना घाइते
प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्