
तालाबन्दी गर्दै वडाध्यक्ष चौलागाईं
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, का वडाध्यक्ष इन्द्र चौलागाईंले आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनले आइतबार तालाबन्दी गरेका हुन् ।
वडा कार्यालयमा एक जना पनि कर्मचारी नभएको भन्दै तालाबन्दी गरिदिएको उनको भनाइ छ ।
वडा कार्यालयहरु करार कर्मचारीका भरमा चल्दै आएका थिए । नगरपालिकाले आन्तरिक स्रोतले तलबभत्ता खुवाउन नसक्ने भन्दै दुई महिनाअघि सम्पुर्ण करार सेवाका कर्मचारीलाई हटाइदिएको थियो ।
त्यसयता वडा कार्यालयहरु पुर्ण रुपमा खाली छन् ।
नगरपालिकासँग कर्मचारी पठाइदिन पटक–पटक आग्रह गर्दा पनि नपठाएको गुनासो उनको छ ।
प्रकाशित मिति : २०८१ मंसिर ९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्