रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या



रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।

आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गएराती वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेका हुन् ।

अहिले वीरबहादुर फरार रहेके र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार