
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् ।
उनी १४३ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लका अनुसार माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८,कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् ।
यहाँ ०७९ मा माओवादीले जितेकाे थियाे ।
प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्