
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना विजयी भएकी छन् ।
उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सविता बुढालाई ४३ मतान्तरले पराजित गरेकी हुन् ।
निर्वाचित भएकी तिमल्सिनाले १ हजार ६३७ मत प्राप्त गरिन् ।
कांग्रेसकी बुढाले १ हजार ५९४ मत ल्याएकी छन् । यस्तै एमालेका जाना शाहीले ११ सय ३२ मत प्राप्त गरेकी छन् भने राप्रपाले ५१ रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले ९ मत ल्याए ।
यहाँ ०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले ३ हजार २६९ मत ल्याएर जितेका थिए । केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
माओवादीले उक्त सिट अहिले पनि सुरक्षित राख्न सफल भयो ।
याे पनि..
देवकी तिमल्सिना, जसले बुनेकी छन् सर्केगाडलाई उचाइमा पुर्याउने सपना
प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्