तारा एयरले सुरु गर्‍यो कर्णालीमा आन्तरिक उडान, भाडादर कति ?



सुर्खेत । तारा एयरलाइन्सले कर्णालीका अन्य जिल्लामा आन्तरिक उडान सुरु गरेको छ । सुर्खेत विमानस्थलबाट हुम्ला, मुगु र जुम्लामा उडान सुरु गरेको हो ।

एयरलाइन्सले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधवार र शनिवार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने बताइएको छ ।

आन्तरिक उडान भरेसँगै यात्रु भाडा पनि तोकिएको छ । सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।

हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको बताए ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार