
सुर्खेत । कर्णालीका विभिन्न ८ स्थानीय तहमा भएको उपनिर्वाचनले दलहरुको आ–आफ्नो हैसियत मापन गरेको छ ।
यहाँ एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।
८ पदका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये यहाँ ठुला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबिच नै प्रतिस्पर्धा भयो ।
०७९ मा कांग्रेसले जितेका ३, माओवादीले जितेको ३ र एमालेले जितेका दुई ठाउँमा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा अरु ठाउँमा दलहरु एक्लाएक्लै चुनावी मैदानमा भएपनि रुकुमको सानीभेरीमा कांग्रेस, एमाले, नेपाल समाजवादी गरी तीन दल माओवादीविरुद्ध गठबन्धनमा थिए भने दैलेख महावुमा एमालेलाई समाजवादीले समर्थन गरेको थियो ।
उपनिर्वाचनको नतिजा अनुसार पदका हिसाबले कांग्रेसलाई घाटा भएको छ भने सबैभन्दा बढी फाइदा माओवादीलाई भएको छ । माओवादीले ०७९ मा जितेका एक उपाध्यक्ष र दुई वडामा उपनिर्वाचन भएको थियो ।
अहिले एउटा वडा गुमाएपनि एक उपप्रमुख, एक उपाध्यक्ष र अर्को एमालेबाट एउटा वडा खोस्यो । ०७९ मा जितेकामध्ये एक वडा गुमाउँदा एमालेले गाउँपालिका अध्यक्ष, एक वडामा जितेको छ ।
पदका हिसाबले कांग्रेसभन्दा एमालेलाई फाइदा भएको छ । किनकि ०७९ मा एमालेले वडा बाहेक प्रमुख, उपप्रमुख पदमा उपनिर्वाचन भएको थिएन् ।
तर मतका हिसाबले भने पहिलो दल कांग्रेस, दोस्रो माओवादी र एमाले तेस्रो पोजिसनमा छन् । निर्वाचन आयोगका अनुसार कांग्रेसले ८ स्थानमा कुल ८ हजा ९९४ मत पाएको छ ।
यस्तै माओवादीले ८ हजार १७४ र एमालेले जम्मा ७ हजार ८२१ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टी १५२ मतसहित चौथो स्थानमा छ । नेमकिपाले तिलागुफा नगरपालिका–५, को वडाध्यक्ष पद पनि जितेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८८ मत मात्रै पाएको छ भने राप्रपाले ५२ मत पाएको छ । यस्तै एकीकृत समाजवादीले ४ मत मात्रै प्राप्त गरेको छ ।
हेर्नुहोस् कुन दलको मत परीणाम कस्तो










प्रतिक्रिया दिनुहोस्