हुम्लामा माओवादीको ‘समाजवादका लागि कर्नाली करिडोर’ अभियान, के हो उद्देश्य ?



सुर्खेत । नेकपा (माओवादी केन्द्र)हुम्लाले सबै पालिका सम्मेलन सम्पन्न गरेपछि हुम्ला जागरण तथा समाजवादका लागि कर्नाली करिडोर अभियान सुरु गरेको छ ।

जेठ १ गते हुम्लाको कुवाडीबाट अभियानको सुरु गरिएको र हिम्लासम्म पुग्ने लक्ष्य राखिएको छ ।

अभियानले कर्नाली किनारामा रहेका बस्तीहरुमा जागरण ल्याउन र स्पष्ट समाजवादी कार्यदिशा तय गर्न जनमत सिर्जना गर्ने माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले बताए ।

जेठ १० गतेसम्म कर्नाली करिडोर अभियान चल्ने उनको भनाइ छ । यसपछि राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार