कालिकोट जीप दुर्घटनाः ६ जनाको मृत्यू, १३ घाइते



सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका–३ राडूनेटामा क १ ज ५६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यू भएको छ ।

यस्तै १३ जना घाइते भएको कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

गाडीमा १९ जना सवार रहेको खुलेको छ । पलाताको थिर्पूबाट १९ जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजेतिर दुर्घटना भएको हो ।

जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टोरबाट सुर्खेत ल्याउन सुरु भएको छ । पहिलो चरणमा ७ जनालाई सुर्खेत विमानस्थलमा ल्याएर प्रदेश अस्पताल पठाउने काम भएको छ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार