हिंसा अन्त्यका लागि लैङ्गिकताको आधारमा होइन मानवीयताको दृष्टिकोणबाट व्यवहार गरिनुपर्छ: मन्त्री भण्डारी



सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले हिंसाजन्य घटनालाई कम गर्न लैङ्गिकताका आधारमा नभई मानवीयताका दृष्टिकोणबाट व्यवहार गर्नुपर्ने बताएका छन्।

कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुर्व्यवहार अन्त्य तथा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य संयन्त्रहरुको सबलीकरणमा निजी क्षेत्रको भूमिका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै उनले मानिसले पशुलाई माया गर्ने र मानिसलाई नै दुर्व्यवहार गर्ने प्रवृत्तिका कारण हिंसा बढेको टिप्पणी गरेका हुन्।

उनले महिलाहरुलाई आर्थिक रूपमा बलियो बनाउनुपर्ने धारणा राखे। महिला लाई स्वरोजगारमा जोडेर आर्थिक उन्नयनमा जोड्नुपर्ने धारणा राखेका हुन। यसका लागि निजी क्षेत्रको अतुलनीय भूमिका हुने प्रष्ट पारे।

छोराछोरी पठनपाठनका लागि बढ्दो सहरीकरण सँगै आमाहरु फुर्सदमा दिन बिताउने गरेको बताउँदै उनीहरूलाई सिपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउन सकिने बताए। यसका लागि कर्णाली प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सहकार्य आवश्यक हुने बताए।

कार्यस्थलमा हुने हिंसाजन्य व्यवहार देशभित्र मात्र नभई सीमा पारी पनि हुने गरेको र त्यसको कारण देखासिकी बन्ने गरेको बताए। वैदेशिक रोजगारका लागि बाहिरिएका नेपालीले भोग्नुपरेको समस्या बारे चित्रण गर्दै मन्त्री भण्डारीले छोराछोरी विदेश पठाउने ट्रेन्ड लाई कम गर्न निजी क्षेत्रले योगदान गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार