महायज्ञभर विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण सेवा



फाइल तस्वीर

सुर्खेत । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विशेषज्ञ डाक्टरहरुद्धारा निशुःक स्वास्थ्य परीक्षण सेवा पनि प्रदान गरिएकाे छ ।

शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ । उक्त समयअवधिभर हरेक दिन विशेषज्ञ डाक्टरहरुले उपचार सेवा प्रदान गर्ने छन् ।

महायज्ञ मुल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार बुवाआमाहरुको विशेष अनुरोधमा हाडजोर्नी रोगका डाक्टरहरुलाई सेवामा अनुरोध गरिएको छ । शनिवार डाक्टर केएन पौडेलले स्वास्थ्य परीक्षण गरेर सेवा गरेका थिए ।

यस्तै तेस्रो आइतवार हाडजोर्नी रोग विशेषज्ञ डा.रुपक कंडेलले सेवा दिने छन् भने सोमवार सेवा दिन नेपालगञ्जबाट डा. सैयद सद्दाम आउने छन् । यस्तै मंगलवार डा. शुभ श्रेष्ठ र बुधवार डा. किशोर बिष्टले उपचार सेवा प्रदान गर्नेछन् ।

संयोजक केसीका अनुसार स्वास्थ्य परीक्षणसँगै औषधीको पनि व्यवस्थापन गरिएको छ ।

याे पनि..

मानवसेवा आश्रम निर्माणार्थ महायज्ञ: दोस्रो दिन ३६ लाख नगद संकलन

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार