
सुर्खेत । नेपाल पत्रकार महासंघको चुनाव मंसिर २८ गते हुँदै छ । महासंघको नेतृत्वको लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लातहमा अलगअलग प्यानलहरु चुनावी मैदानमा छन् ।
सोही अनुसार कर्णाली प्रदेशमा पनि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
केन्द्रमा सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको साझा उम्मेदवारका रुपमा चौतारीका निर्मला शर्माको नेतृत्वमा प्यानल छ ।
उनी विरुद्ध कांग्रेस निकट युनियनको विद्रोही समुह, माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको साझा प्यानल बनेको छ । उक्त प्यानलबाट कांग्रेसको विद्रोही समुहका रमेश विष्ट उम्मेदवार छन् । कर्णाली प्रदेश कार्यसमितिका लागि पनि सोही अनुसार उम्मेदवारी दर्ता भएको छ ।
निर्मला शर्मा नेतृत्वको प्यानलबाट चौतारीका विष्णुप्रसाद शर्माले उम्मेदवारी दिएका छन् भने विष्ट नेतृत्वको प्यानलबाट प्रेस सेन्टरका गणेश कञ्चन भारतीले उम्मेदवारी दिएका छन् ।
शर्माको प्यानलबाट उपाध्यक्ष (खुल्ला)मा लक्ष्मण केसी, उपाध्यक्ष (महिला) मा अप्सरा विष्ट, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिव (खुल्ला)मा विस्नप्रसाद न्यौपाने, सचिव (समावेशी) अशोक राजी, कोषाध्यक्षमा ईश्वर अधिकारी उम्मेदवार छन् ।
यस्तै भारतीको प्यानलबाट उपाध्यक्ष (खुल्ला)मा नारायणबहादुर खड्का, उपाध्यक्ष (महिला)मा सरिता चलाउने, महासचिवमा दीपक बुढा, सचिव (खुल्ला) मा नन्दराम जैसी, सचिव (समावेशी) मा भिमबहादुर परियार र कोषाध्यक्षमा अशोककुमार सिंह उम्मेदवार छन् ।
उम्मेदवारहरुले सोमवार बेलुकी उम्मेदवारी दर्ता गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्