कर्णालीमा माछा मार्न जाने क्रममा भीरबाट लडेर मृत्यू



बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्यु भएको छ ।

आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका–२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले भीरबाट खसेका भण्डारीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार भीरबाट कर्णाली नदीको किनारमा खसेका भण्डारीको मृत्यु भएपनि शव भएको ठाउँसम्म प्रहरी पुग्न सकेको छैन् ।

अहिले प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली घटना भएको ठाउँसम्म पुगेको छ ।

मृतकको शव नदीको पारीपट्टी भएकाले कर्णाली तर्न सक्ने अवस्था छैन् । भण्डारीको शव भएको ठाउँसम्म पुग्न बोट वा ट्युबको व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार