सुर्खेतमा घरभित्रै निसास्सिएर आमा-छोराकाे मृत्यु, छाेरी घाइते



सुर्खेत। सुर्खेतमा घरभित्रै निसास्सिएर आमा-छोराकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरी रियान थापा रहेको छन्।

यस्तै देविसराकि ९ वर्षीय छोरी रिया थापा भने घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

घटना बुधवार रातिकाे हाे । यद्यपि प्रहरीले बिहीवार बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी वीरेन्द्रविर विश्वकर्माले बताए

उनका अनुसार बेलुका खाना खाएर सुतेकाे र‌ बिहान अबेरसम्म काेही बाहिर निस्किएपछि प्रहरीलाई खबर गरिएको थियाे ।

घरभित्र काेइला बालेकाे र धुवाँले निसास्सिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

 

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार