
सुर्खेत । कर्णाली प्रदेशमा लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने भएको छ ।
आइतबार वीरेन्द्रनगरमा आयोजित लागूपदार्थ दुर्व्यसनी, बालविवाह, बालश्रम, मानव बेचविखन तथा ओसारपसार एवं लैङ्गिक हिंसाका घटना सम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठिमा बोल्दै भण्डारीले कर्णालीमा बढ्दो लागूपदार्थ सेवनकर्ताका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने बताए ।
त्यसका लागि नेपाल प्रहरीद्वारा संचालित पुनर्स्थापना केन्द्रसँग समन्वय गरी त्यसको शाखा सुर्खेतमा सञ्चालन गरिने उनको भनाइ छ ।
साथै भण्डारीले समाजमा हुने हिंसाजन्य घटनाहरू कम गर्न मानवियताको आधारमा व्यवहार गर्नुपर्ने सुझाव दिए । जनावरलाई माया गर्ने र मानिसबीच विभेद गर्ने व्यवहारका कारण हिंसा बढिरहेको टिप्पणी गरे ।
प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्