गफाडीहरूको बोली बिक्ने सिद्धान्त नै ‘ओलीवाद’



केपी शर्मा ओलीसँग अध्यक्ष पदमा चुनाव लडेका र पार्टीका गलत कामहरुको विरोध गर्दै आएका भीम रावललाई पार्टीबाट निष्काशन गरिएको विषयले यतिबेला नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ ।

राष्ट्रवादी नेताको छवि बनाएका रावल यसअघि पार्टीको वरिष्ठ उपाध्यक्ष समेत भइसकेका चर्चित नेता हुन् । उनलाई बुधबार बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यता खोस्दै पार्टीबाट निष्काशन गरिएको छ ।

उक्त विषयलाई लिएर कतिपयले एमालेभित्रको लोकतन्त्र स्वाहा भएको प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले ओलीले रावल माथि पटक–पटक आफुसँग चुनाव लडेको भन्दै रिस फेरेको बताइरहेका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप)ले एमालेमा ओलीवाद हावी भएको बताएका छन् ।

भ्रष्टहरु पुरस्कृत हुने, तस्करहरू सम्मानित हुने, अपराधीहरू अभिनन्दित हुने, गफाडीहरूको बोली बिक्ने सिद्धान्त नै ‘ओलीवाद’ रहेको दाबी गर्दै मल्लले उक्त सिद्धान्तमा भीम रावलहरु नअटाउनु स्वभाविक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘भिम रावललाई एमालेबाट निष्कासन गरिएछ, हुन त यो स्वभाविकै कुरा हो । एमालेमा वहुदलीय जनवाद होइन ‘ओलीवाद’ अँगाल्न नसक्नेहरू बिस्तारै कारबाहीमा पर्ने र निकालिने हुन्छ । भ्रष्टहरु पुरस्कृत हुने, तस्करहरू सम्मानित हुने, अपराधीहरू अभिनन्दित हुने, गफाडीहरूको बोली बिक्ने सिद्धान्त नै ‘ओलीवाद’ हो ।’

सरकारमा सहभागीहरूको तस्बीरले त्यो सिद्धान्तलाई मूर्तरूप दिएको थियो भने भीम रावलहरुलाई गरिएको कारबाहीले पार्टीभित्रको तस्बीरलाई मुखरित गरिदिएको पनि उनको भनाइ छ ।

‘देशका प्रधानमन्त्री भ्रष्टाचारी हुन् भन्ने मान्छे जेल जानुपर्छ भने पार्टी नेतृत्वले भ्रष्टाचार गर्नु हुँदैन भन्ने मान्छे पार्टीमा रहने कुरा पनि त भएन,’ व्यङ्ग्यात्मक शैलीमा उनले भने, ‘पार्टीमा त अब ऋषिकेश पोखरेलहरूको बढुवा हुन्छ । मिनबहादुर गुरुङहरूको नियुक्ति हुन्छ । लिला बल्लभ हरुको तक्मा थपिन्छ । अगुवा नैं…. भएपछि हुने नैं यही हो ।’

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार