लक्ष्मण आजादको खस भाषाको गजलः मित्र जनौ



सक्न्या भया मित्र जनौ सकभर नसुनाया
यो कुरा यहिँ मेटीजाउ बरु घर नसुनाया ।

दारु खानो जुवा खेल्लो काम अद्दैन भन्नु
मेरा घर म मर्‍याको खबर नसुनाया ।

निको लाउन्या मिठो खान्या पुर्याईसक्न्या होइन
विधुवा आमालाई आ आफ्ना रहर नसुनाया ।

बा यही प्रदेशी छोराकन अरु सबै सुनाया सुन्छु
बुहारीको चल्याको छ अन्तै भनी चक्कर नसुनाया ।

 

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रबार