
सुर्खेत । नेपाल विद्यार्थी संघ १२ औं महाधिवेशन गर्ने तयारीमा छ । सोही अनुसार नेपाली कांग्रेसभित्र शेखर कोइराला समुहले छुट्टै अधिवेशन प्रतिनिधि तोकेको छ।
उक्त समुहबाट देशभर केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । विश्वविद्यालय अन्तर्गत मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका केन्द्रीय सदस्य विनोद शाही ठकुरीलाई केन्द्रीय प्रतिनिधिका रुपमा पठाइएको छ ।
शाहीले नयाँ कार्यसमिति विद्यार्थी भेला तथा निर्वाचनबाट सर्वसम्मत गरिने बताए । कर्णाली प्रदेशको एउटा विश्वविद्यालय रहेको सुर्खेतमा राजनीति गर्नलाई मात्र नभइ सबै विद्यार्थीको आवाज र शैक्षिक मुद्दालाई संस्थागत गर्ने गरी उत्कृष्ट विद्यार्थीको हितमा काम गर्नेगरी समिति सर्वसम्मत गरिने उनको भनाइ छ ।
मध्यपश्चिममा लामो समयदेखी नेविसंघको अधिवेशन हुन सकिरहेको थिएन । कांग्रेसले सहमहामन्त्री किशोर सिंह राठौरको संयोजत्वमा महाधिवेशन निर्देशन समिति बनाएको छ । समितिले चैत भित्र महाधिवेशन गर्ने गरी थालेको छ ।
प्रतिक्रिया दिनुहोस्