
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक भेट्टिएका छन् ।
पुष १३ गते घरबाट भागेका उनीहरु शनिबार मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।
उनका अनुसार उनीहरु घरभन्दा केही टाढा पर्ने जङ्गलमा मृत भेट्टिएका हुन् ।
उनीहरुबिच प्रेम सम्बन्ध रहेको अनुमान प्रहरीले गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको दाहालले बताए ।
उनीहरू उक्त वडामा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत थिए । थापा ९ र विक १० कक्षामा अध्ययनरत थिए ।
प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्